अहिले हामीले आफैले वेयरहाउस बनाएका छैनौं । सुन, चाँदी, जस्ता र तामाको वेयर हाउजिङका लागि हामीले सम्बन्धित क्षेत्रका प्राइभेट पार्टीहरूलाई जिम्मा दिएका छौं । उनीहरूले हामीसँग समन्वय गरेर काम गरिरहेका छन् । चामल, दाल, तेल, गहुँजस्ता कृषिजन्य वस्तुहरूको वेयर हाउजिङ सुरु गरिएको छैन । तुलनात्मक रूपले तिनीहरूको मूल्य सस्तो हुने तर परिमाण धेरै हुने नभएकाले धातुजन्य वस्तुहरूको तुलनामा तिनीहरूको वेयर हाउजिङ गर्न बढी खर्चालु र कठिन हुन्छ । त्यसमाथि वेयर हाउजिङ सम्बन्धी कुनै पनि प्रकारको कानुनी व्यवस्था अहिलेसम्म छैन । कमोडिटी एक्सचेन्जसम्बन्धी ऐन आउनासाथ वेयर हाउससम्बन्धी ऐन पनि ल्याउनुपर्छ । हामीले आवश्यक पहल पनि गरिरहेका छौं । सरकारले बैंकहरूलाई, मर्चेन्ट बैंकहरूलाई वेयर हाउस राख्न दिने व्यवस्था गरोस् । पोस्ट हार्भेस्ट वेयर हाउजिङ पनि इस्पोट वेयर हाउजिङ र पोस्ट एक्सपोर्ट हाउजिङ राख्ने व्यवस्था गरेमा त्यसले कमोडिटी बजारका लागि मात्र नभएर अर्थतन्त्रका लागि पनि उल्लेख्य प्रभाव पार्ने छ । निश्चय नै अहिले धेरै लगानीकर्ताहरू सेयरबजारमा लगानी गर्न छोडेर यता आएका छन् ।
(कमोडिटी तथा मेटल एक्सचेन्ज नेपाल लिमिटेडका अध्यक्ष मनोरञ्जनरमण शर्मासँगको अन्तर्वार्ताबाट)
वर्ष ५, अंक २६, २०६६, फागुन १७–२३