नियामक निकाय बलियो छ भन्ने देखाएका छौं : अध्यक्ष हमाल

काठमाडौं। धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बलियो रहेको कुरा आफूहरूले देखाएको अध्यक्ष रमेशकुमार हमालले दाबी गरेका छन् । आइतवार धितोपत्र ब्रोकर एशोसिएशन नेपालले काठमाडौंमा आयोजना गरेको विश्व लगानीकर्ता सप्ताह, २०२३ को समापन कार्यक्रममा बोल्दै अध्यक्ष हमालले पूँजी बजारको विकास र विस्तारका लागि बोर्डले गरेको काम उल्लेख गर्दै नियामक निकाय बलियो रहेको दाबी गरेका हुन् ।  सरकारको आग्रहमा बोर्डको अध्यक्ष पद ग्रहण गरेको उल्लेख गर्दै बोर्डले अहिले सिस्टममा आधारित भएर काम गरिरहेको उनले बताए । आफूले अध्यक्ष नियुक्त हुनुअघि सूचीकृत कम्पनीको संख्या २०० बाट ४०० पुर्‍याउने कार्ययोजना सरकारसमक्ष प्रस्तुत गरेकोे जानकारी दिँदै बोर्डले कसैको तजबिजी वा मान्छेको टाउको हेरेर नभई कागजी प्रक्रिया पूरा गरेका कम्पनीलाई सार्वजनिक निष्कासनमा स्वीकृति दिने प्रणाली विकास गरेको हमालले बताए ।  सार्वजनिक निष्कासनमा बुक बिल्डिङ प्रणालीलाई शुरूका दिनदेखि नै प्राथमिकतामा राखेको उल्लेख गर्दै अध्यक्ष हमालले सो प्रक्रियाले समेत निरन्तरता पाइरहेको बताए । बुक विल्डिङ राम्रो र विश्वमा मान्यताप्राप्त प्रणाली भए पनि त्यसले सबै समस्याको समाधान नहुने उनको भनाइ छ ।  नेपालमा बुक विल्डिङ विधिका लागि क्रश होल्डिङ मुख्य समस्याको रुपमा रहेको उनले बताए । नेपालमा क्रश होल्डिङ देखिँदैन तर हुन्छ । आगामी दिनमा यो विधिको कार्यान्वयनमा क्रश होल्डिङलाई समस्या बनाएर बोर्डलाई नै आरोप आउने सम्भावना पनि हमालले औंल्याए । यद्यपि बुक विल्डिङको प्रक्रिया धेरै चाँडो अघि बढ्ने उनले जानकारी दिए ।  पूँजी बजारका लागि शेयर धितो कर्जाको सीमा परिवर्तनदेखि प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा बैंकहरूले लगानी गर्न पाउने व्यवस्था लागू गर्न बोर्डले महत्त्वपूर्ण भूमिका खेलेको उनले दाबी गरे ।  बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि कम नेटवर्थ भएका कम्पनीलाई समेत स्वीकृति दिएको गुनासोप्रति अध्यक्ष हमालले सबै कम्पनीको आईपीओ खरीद गर्न बाध्यकारी अवस्था नभएको बताए । लगानीकर्ताले आईपीओ खरीद गर्दा होस् या दोस्रो बजारमा शेयर खरीद गर्दा अध्ययन गर्नुपर्ने उनको सुझाव छ । ‘आवश्यक मापदण्ड पूरा गरेका कम्पनीलाई सार्वजनिक निष्कासनका लागि अनुमति दिनु बोर्डको जिम्मेवारी हो,’ अध्यक्ष हमालले भने, ‘लगानीकर्ताको जिम्मेवारी अध्ययन गरेर मात्र लगानी गर्नु हो ।’ बोर्डको इतिहासमा ३० वर्षमा नभएको कारबाही पछिल्लो समय २० महीनामा भएको उनले दाबी गरे । हिजोका दिनभन्दा आजका दिनमा पूँजीबजारसँग सम्बन्धित निकायहरू बलियो हुँदै जानुपर्ने पक्षमा बोर्ड रहेको उनले बताए ।  असोज १५ गतेदेखि आयोजना गरिएको विश्व लगानीकर्ता सप्ताहको औपचारिक समापन कार्यक्रममा धितोपत्र ब्रोकर एशोसिएशनका अध्यक्ष सागर ढकालले पूँजी बजारका सबै पक्षले एकअर्काको कठिनाइ बुझेर अघि बढ्ने हो भने पूँजी बजारको विकास हुने बताए । नेपाल राष्ट्र बैंकले पछिल्लो समय शेयर धितो कर्जाको सीमामा गरेको परिवर्तनप्रति ढकालले असन्तुष्टि व्यक्त गरे । उनले संस्थागत लगानीकर्ताको हकमा शेयर धितो कर्जाको सीमा तोक्न नहुने बताए । संस्थागत लगानीकर्ता बजार विकासका महत्त्वपूर्ण आधार रहेको उल्लेख गर्दै उनले यस्ता लगानीकर्तालाई लगानीमा बाधा पर्ने गरी सीमा निर्धारण गर्न नहुने बताए । 

सम्बन्धित सामग्री

चुरे दोहन: खोइ नियामक निकाय ?

सरकारले चुरे संरक्षणको नीति त बनायो तर चुरेको दोहनलाई नियन्त्रण गर्ने कसले? यसका लागि बलियो नियामक निकाय खडा गर्न नसकेका कारण चुरे संरक्षणको कार्यक्रम निष्प्रभावी बन्दै गइरहेको चुरेका जानकारहरुको बुझाई छ।...

बीमा समितिभन्दा बलियो बन्नेछ बीमा प्राधिकरण

३० साउन काठमाडौं । संघिय संसद प्रतिनिधिसभामा पेश भएको  ४ वर्षपछि बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक (बीमा विधियेक २०७९) पारित भएको छ । प्रतिनिधिसभाबाट पारित भएको विधयेक राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐनको रुपमा कार्यान्वयनमा जानेछ । बीमा विधेयक पारित भएसँगै बीमा क्षेत्रको नियामक निकाय बीमा समिति नभई बीमा […]

संख्या घटाउने नीतिविपरीत बिमा कम्पनीको लाइसेन्स बाँडिँदै

कम्पनीहरूको संख्या घटाएर पुँजीगत आधार र सेवाको गुणस्तर बलियो बनाउने नीतिविपरीत नियामक निकाय बिमा समितिले नयाँ लाइसेन्स बाँड्ने तयारी थालेको छ । सञ्चालनमा रहेका कम्पनीहरूको प्रभावकारी नियमन तथा सुपरिवेक्षण हुन नसकिरहेका बेला थप लाइसेन्स वितरणको तयारीलाई सर्वत्र चासोका रूपमा हेरिएको छ ।

राष्ट्र बैंकको नोकरीमा किन हुन्छ आकर्षण ?

विशिष्ट श्रेणी मात्र नभई राष्ट्र बैंकको सामान्य पदमा पनि छुट्टै आकर्षण छ । राष्ट्र बैंक नेपालको सबभन्दा बलियो र स्वतन्त्र नियामक निकाय समेत हो ।

आईएमएफको सुझाव– ‘वित्तीय क्षेत्रको नियमन र सुपरिवेक्षण बलियो बनाऊ’

वित्तीय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकको नियमन र सुपरिवेक्षणप्रति अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले प्रश्न उठाएको छ ।

आईएमएफको सुझाव– ‘वित्तीय क्षेत्रको नियमन र सुपरिवेक्षण बलियो बनाऊ’

वित्तीय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकको नियमन र सुपरिवेक्षणप्रति अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले प्रश्न उठाएको छ ।

राष्ट्र संघको मौनताबीच म्यानमारको भविष्य

राजनीतिक तथा आर्थिक स्वतन्त्रताबिना कुनै पनि मुलुक समृद्ध हुँदैन । विश्वमा ती मुलुकहरू समृद्ध हुन्छन्, जुन मुलुकमा प्रजातन्त्र, कानुनी शासन सानो तर प्रभावशाली सरकार, बलियो नियामक निकाय तथा खुला बजार हुन्छ । आर्थिक समृद्धिका यी सूचककै आधारमा विश्वका समृद्ध मुलुक सबैभन्दा अगाडि रहेको पाइन्छ । अर्थात् राजनीतिक तथा आर्थिक स्वतन्त्रताबिना कुनै पनि मुलुक समृद्ध हुँदैन […]

साइबर सुरक्षा बलियो बनाउन अडिटर छनोट

सरकारले साइबर सुरक्षा प्रणालीलाई बलियो बनाउने भएको छ । नेपालको साइबर सुरक्षालाई लिएर समय समयमा आवाज उठ्दै आएकोमा यसप्रति गम्भीर हुँदै नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूको साइबर सुरक्षा अडिट गराउन कम्पनी छनोट गरेको हो ।प्राधिकरणले चालू वर्ष ०७७-७८ देखि लागू गरेको साइबर सुरक्षासम्बन्धी विनियमावलीको प्रावधानअनुसार सूचना प्रणाली अडिटर (आईएस अडिटर) र क्लाउड […]

नेपाल बैंक लिमिटेड नेपालकै ‘फ्ल्यागसिप’ बैंक हो

नेपालको बैङ्किङ सेवाको ‘कोसेढुङ्गा’ मानिएको नेपाल बैङ्क लिमिटेड नियामक निकाय नेपाल राष्ट्र बैङ्क स्थापना हुनुपूर्व नै स्थापित मुलुककै जेठो बैङ्क हो । आठ दशकभन्दा लामो बैङ्किङ यात्राको साक्षी यस बैङ्कले मुलुकमा कोरोना सङ्क्रमणको जोखिम रोक्न गरिएको लकडाउनमा पनि आफ्नो पाकोपन र जेठो छवि व्यवहारमा देखायो । लामो लकडाउनमा पनि सेवा सुचारु गरेर बैङ्कप्रति ग्राहकको भरोसालाई अझै बलियो बनायो । करिब १६ लाख निक्षेपकर्ता, एक लाख कर्जा ग्राहक गरी कुल १७ लाख जति यसका ग्राहक छन् भने बैङ्कका १८३ वटा शाखा, सातवटा प्रदेश कार्यलय, १२५ वटा एटीएम र २७ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा छन् । नेपालको बैङ्किङ व्यवसायको सम्भावना र चुनौती विषयमा प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीसँग गोरखापत्रका पत्रकार भेषराज बेल्बासेले गर्नुभएको कुराकानी :