काठमाडौं । चिनियाँ अटो निर्माता कम्पनी ग्रेटवाल मोटर्सको इलेक्ट्रीक ब्राण्ड ओराले उत्पादन गरेको पहिलो मोडल ‘आर १’ जनवरीमा नेपाल आउने पक्का भएको छ । सहर लक्षित यो सानो र सुन्दर इलेक्ट्रीक कार कम मूल्य र उत्कृष्ट फिचरले भरिपूर्ण हुने छ । विद्युतीय कारमा मानिसले सबैभन्दा धेरै खोज्ने विषय यसको रेन्ज र ग्राउन्ड क्लियरेन्स हो । […]