पोखरा : कास्की जिल्ला प्रशासन कार्यालयले नेपाल आयल निगम गण्डकी प्रदेश कार्यालयबाट डिजेल चोरेर बेच्नका लागि लगिरहेको ट्यांकर बिहीबार नियन्त्रणमा लियो। जिप्रकाले ट्यांकर नियन्त्रणमा लिएपछि डिजेल चोरीको आरोपमा छानबिनमा पर्ने भएपछि निगमका प्रादेशिक प्रमुख चित्तरञ्जन दास सम्पर्कविहीन भएका छन्। पोखरा महानगरको गगनगौंडास्थित निगमको डिपोबाट डिजेल लोड गरेर पश्चिमाञ्चल पेट्रोल पम्पमा लैजाँदै गरेको ग २ ख ८३६ नम्बरको ट्यांकर जिप्रकाले नियन्त्रणमा लिएको हो। कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिम