पेट्रोल प्रतिलिटर ५ र डिजेल-मट्टितेलमा १४ रुपैयाँले मूल्यवृद्धि

पेट्रोल र डिजेलको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको आज बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर रु १४ र पेट्रोल प्रतिलिटरमा रु पाँचले बढाएर मूल्य समायोजन गरेको हो । निगमका अनुसार अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर रु एक सय ७५ र डिजेल तथा मट्टितेलको मूल्य १६४ दशमलव पाँच रुपैयाँ प्रतिलिटर कायम हुनेछ […]