गोली हानी कपिलवस्तुका एक व्यक्तिको हत्या

काठमाडौं : कपिलवस्तुको मायादेवी गाउँपालिका ६ का ५० वर्षीय रामसमुझ पासीको गोली प्रहार गरी हत्या भएको छ।आज दिउँसो गोली लागेका पासीलाई उद्धार गरी अस्पताल पुर्‍याएलगत्तै मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रेशमलाल पौडेलले थाहा खबरलाई जानकारी दिए। उनका अनुसार पासीको हत्यामा भारतीय नागरिकको हात रहेको आशंका गरिएको छ।केही दिन अघिमात्रै एक भारतीय नागरिकले मेडिकल सञ्चालनका लागि भाडाको घर खोजिदिन पासीलाई आग्रह गरेका थिए। सोही व्यक्तिसँग गएका पासीलाई आज दिउँसो अपरिचित व्यक्तिले

सम्बन्धित सामग्री

१८ जनाको अन्धाधुन्द गोली हानी हत्या गरेका व्यक्तिको नजिक नजान प्रहरीको आग्रह

१८ जनाको अन्धाधुन्द गोली हानी हत्या गरेका व्यक्तिको  नजिक नजान प्रहरीले आग्रह गरेको छ ।

अफगानी दोभासेलाई अमेरिकामा गोली हानी हत्या

काठमाडौँ – सन् २०२१ मा परिवारसहित अफगानिस्तानबाट अमेरिका बसाइँ सरेका एक पूर्व अफगान दोभासेलाई सोमबार वासिङ्टन डिसीमा गोली हानी हत्या गरिएको सीएनएनले जनाएको छ । प्रहरीले अहिले शंकास्पद व्यक्तिको खोजी गरिरहेको छ । ३१ वर्षीय नसरत अहमद यारको गाडीमा गोली लागेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि अस्पताल लगिएको थियो, जहाँ […]

बुल्गेरियाको राजधानीमा एक व्यक्तिको गोली हानी हत्या

बुल्गेरियाको राजधानीको मध्यभागमा शुक्रबार एक व्यक्तिको गोली हानी हत्या भएको देशको आन्तरिक मन्त्रालयले जनाएको छ। सोफियाको एक बजारमा ४१ वर्षीय व्यक्तिको टाउकोमा गोली प्रहार गरिएको र अस्पताल लैजाँदै गर्दा बाटोमा उनको...

मेक्सिकोमा एकै घरका आठ जनाको हत्या

मेक्सिकोमा एकै परिवारका आठ जना सदस्यको गोली हानी हत्या गरिएको छ। मेक्सिकोको टुल्टेपेक नगरपालिकाको एक घरमा रहेका आठ जना परिवार सदस्यको हत्या भएको त्यहाँको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ।सोमबार भएको सो हत्यामा ४ बालबालिका रहेका छन्।  हत्यामा संलग्न भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। अधिकारीहरुका अनुसार सबै जनालाई गोली हानिएको छ। गोली लागेर सात जनाको घरैमा मृत्यु भएको छ भने एक जनाको भने अस्पतालमा मृत्यु भएको थियो।

एकै परिवारको ८ जनाको गोली हानी हत्या

मेक्सिकोमा एकै परिवारका आठ जना सदस्यको गोली हानी हत्या गरिएको समाचारमा जनाइएको छ । मेक्सिकोको टुल्टेपेक नगरपालिकाको एक घरमा रहेका आठ जना परिवार सदस्यको हत्या भएको यहाँका महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । सोमबार सो हत्या भएको थियो । मारिएकामा छ जना महिला र दुई पुरुष छन् । त्यस्तै चार जना बालबालिका पनि रहेका सो कार्यालयले जनाएको छ । अज्ञात व्यक्तिले परिवारका ती सदस्यको हत्या गरेको बताएका छन् । हत्यामा संलग्न भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । अज्ञात व्यक्तिले घरैमा पु

सर्लाहीमा भारतीय नागरिकको गोली हानी हत्या

सर्लाहीमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । बुधबार साँझ सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ९ मा अज्ञात व्यक्तिले गोली प्रहार गर्दा भारत विहारस्थित विष्णुपुर नगर निगम बस्ने ३५ वर्षीय इन्दल महतोको मृत्यु भएको हो ।महतोमाथि मंलगवास्थित कृष्णामती विद्यालय पछाडि अज्ञात व्यक्तिले गोली प्रहार गरेको सर्लाहीका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । गोली कसले र किन चलायो भन्नेबारे केही खुल्न नसकेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको