सिताराम भट्टराई, झापा / हाल द. कोरिया
सधैँ झैं त्यो दिन पनि काम गर्न म बिहानै कम्पनीमा पुगेँ । त्यहाँ मभन्दा पनि पहिले अरु साथीहरु आएर काम गर्न सुरु गरिसकेका थिए । मैले हतार हतार बुट कसेँ । हातमा पञ्जा लगाएँ । अनि काम गर्न थालेँ । एक जना साथीसँग मिलेर मेसिनमा सामान लोड गरेँ ।
म कामसँग कहिल्यै डराइँन । त्यो दिन झन् किन डराउँथें र ? साथी मेसिन चलाउन गयो । म भने लोड गरेको सामान अलि नमिलेजस्तो लागेर मेसिनमा सामान मिलाउन थालेँ । साथीले मेसिन चलायो । मेसिनको कानै खाने आवाज । नमिठो गन्ध । आँखै पोल्ने ता...