काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले १ लाख ६० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ ।
कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूमा मात्र जारी गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाले समेत खरीद गर्न सक्ने गरी विक्री खुला गरेको हो । यसअघि कम्पनीले पुस २७ गते विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन पेश गर्न ३५ दिने सूचना जारी गरेको थियो ।
उक्त शेयर खरीदका लागि आगामी सात दिनभित्र आवश्यक कागजात संलग्न गरी कम्पनी सचिवको कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ । कम्पनीको केन्द्रीय कार्यालय हात्तीसार, काठमाडौंमा रहेको छ ।