‘गेमचेन्जर’ का आयोजनाका रूपमा लिइने राष्ट्रिय गौरवका सहित रूपान्तरणकारी आयोजनाहरूको लागत वर्षेनि वृद्धि हुँदै जाने देखिएको छ ।
राष्ट्रिय योजना आयोगले हालै मध्यकालीन बजेट अनुमान तथा त्रिवर्षीय खर्च प्रक्षेपण गर्दै त्यस्ता आयोजनामा बजेट विनियोजन वर्षेनि बढाउने संकेत गरेको हो ।
सरकारले आव २०६८/६९ देखि मुलुकको आर्थिक सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने ठूला पूर्वाधार निर्माण र संस्कृति एवम् वातावरण संरक्षणसम्बन्धी रणनीतिक महत्त्वका आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाका रूपमा कार्यान्वयनमा ल्याउँद...