नेपाली भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरा हुँदै तिब्बतको धार्मिकस्थल मानसरोवर पुग्ने बाटो निर्माणलाई भारतले फेरि तीव्रता दिएको छ । भिडियो कन्फरेन्समार्फत् मानसरोवर जाने सिंगल लेन सडकको उद्घाटन गरेको एक वर्ष एक महिनापछि शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले सीमा क्षेत्रमा सडक निर्माण गर्ने सुरक्षा निकाय बोर्डर रोड अर्गनाइसेजन (बीआरओ) ले ‘कैलाश मानसरोवर यात्राको लागि नयाँ बाटो निर्माण गरेको’ भन्दै प्रसंशा गरेका छन् ।