काठमाडौँ । नेपाली काँग्रेसले आसन्न वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि प्रदेश तहदेखि टोल एकाइ समिति स्थानीय निर्वाचन प्रचारप्रसार समिति गठन गर्न भ्रातृ एवं शुभेच्छुक संस्थालाई निर्देशन दिएको छ । काँग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिको हिजो (मंगलबार) बसेको बैठकले सम्पूर्ण भ्रातृ तथा शुभेच्छुक संस्थाले स्थानीय निकायको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी […]