काठमाण्डाै – नेपाली कांग्रेसले आउँदाे वैशाख ३० गते हुने पालिका चुनावमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन निर्देशन जारी गरेको छ । कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको आज शुक्रवार बसेको बैठकले यस्ताे निर्णय गरेको हो ।बैठकले पार्टी आबद्ध भ्रातृ सङ्घ एवम् शुभेच्छुक संस्थालाई केन्द्र, प्रदेश, जिल्ला, पालिका, वडा र टोल तहसम्म तत्काल स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरी उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन निर्देश गर्ने निर्णय गरेको हो ।पार्टी ...