न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसले कार्यकाल सकिएका भ्रातृ संगठन र शुभेच्छुक संस्थाहरू विघटन गरेको छ । सानेपास्थित पार्टी कार्यालयमा मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेविसंघसहित म्याद सकिएको भ्रातृ संगठन र शुभेच्छुक संस्था विघटन गरेको डा.प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार फागुनभित्र तदर्थ समिति गठन गरिने छ ।