मुग्लिन–नारायणगढ सडक खण्डमा यात्रुको बिचल्ली, खाना र पानीको समस्या भए खबर गर्न प्रहरीको अनुरोध (तस्बिरसहित)

काठमाण्डाै – पहिरोका कारण मुग्लिन नारायणगढ सडकखण्ड फेरि ठप्प भएको छ । बारम्बार पहिरो खसेर सडक अवरुद्ध हुँदा गाडी चालक, सहचालक र यात्रुको बिचल्ली भएको छ । अस्ति सोमबार रातिदेखि बन्द भएको सडक गएराति साढे १० बजेतिर बल्ल खुलेको थियो । तर, खुलेको चार घण्टामा फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । चितवनको भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारीमा ठूलो पहिरो गएको छ । सोमबार राति पनि यही ठाउँमा ठूलो पहिरो गएको थियो । यो सडकखण्डको अन्य ठाउँको पहिरो हटाए पनि केराबारीको पहिरो हटाउन समय लागेको...