भारतमा किसानहरूले गरिरहेको विरोध प्रदर्शनका विषयमा कांग्रेस अध्यक्ष सोनिया गान्धीले मोदी सरकारको आलोचना गरेकी छन् ।
देश स्वतन्त्र भएदेखि अहिलेसम्म यत्तिको अहंकारी सरकार सत्तामा नदेखेको र उसले अन्नदाताहरूको पीडा नदेखेको उनको भनाइ छ । नयाँ कृषि कानून निःशर्त फिर्ता लिनुपर्ने उनले बताइन् ।
आइतवार एक बयान जारी गर्दै उनले बताइन्, ‘लोकतन्त्रमा जनभावनालाई उपेक्षा गर्ने सरकार र नेता लामो समय टिक्दैनन् । केन्द्र सरकारले थकाऊ र भगाऊ नीति अपनाएको भए पनि धर्तीपुत्र किसानहरूले घुँडा टेक्ने छैनन् ।’
लोकतन्त्र...