कोभिडसम्बन्धी समस्याका कारण भारतीय राष्ट्रिय कांग्रेसकी अध्यक्ष सोनिया गान्धी अस्पताल भर्ना भएकी छन्। उनको स्वास्थ्य अवस्था स्थिर रहेको र चिकित्सकको निगरानीमा रहेको कांग्रेसले जनाएको छ। ‘कांग्रेस अध्यक्ष सोनिया गान्धीलाई कोभिडसम्बन्धी समस्याको कारण आइतबार गंगाराम अस्पतालमा भर्ना गरिएको थियो। उनको अवस्था स्थिर छ’, पार्टी प्रवक्ता रणदीप सुरजेवालाले ट्वीटमा भनेका छन्। सोनियालाई केही दिनअघि कोभिड पोजेटिभ देखिएको […]