काठमाडौँ- कोभिडसम्बन्धी समस्याका कारण भारतीय कांग्रेस पार्टीकी अध्यक्ष सोनिया गान्धी अस्पताल भर्ना भएकी छिन् । उनको अवस्था स्थिर रहेको र चिकित्सकको निगरानीमा रहेको पार्टीले जनाएको छ । ७५ वर्षे कांग्रेस अध्यक्षलाई केही दिनसम्म अस्पतालमै राखिने भारतीय अखबार द हिन्दूको अनलाइन संस्करणले जनाएको छ । ‘कांग्रेस अध्यक्ष सोनिया गान्धीलाई कोभिडसम्बन्धी समस्याको कारण आइतबार गंगाराम अस्पतालमा भर्ना […]