भारतीय राष्ट्रिय काङ्ग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धी फेरि सङ्क्रमित भएका छन् । उनी कोरोना भाइरसबाट अहिले दोस्रोपटक सङ्क्रमित भएकी हुन् । गान्धी यसअघि गत जुन २ मा पनि कोरोना भाइरसबाट सङ्क्रमित भएकी थिइन् । उनमा सङ्क्रमण रहेको शनिबार पुष्टि गरिएको अधिकारीहरूले जनाएका छन् । उनलाई कुनै ठूलो स्वास्थ्य समस्या भने नरहेको बताइएको छ । नेतृ गान्धी अहिले कोरोना भाइरस नियन्त्रण सम्बन्धी नियम अनुसार घरमा छुट्टै बस्नु भएको काँग्रेस नेता जयराम रमेशले जानकारी दिए । उनलाई परिवार भित्रैबाट सङ्क्रमण सरे