मेची भन्सारको राजस्व बढ्यो

पछिल्लो समय पेट्रोलियम पदार्थ र बंगलादेशमा उत्पादित पेय तथा खाद्य पदार्थको आयात बढेसँगै मेची भन्सार कार्यालय काँकरभिट्टाले राजश्व असुलीमा वृद्धि गरेको छ । काँकरभिट्टा भन्सारले संकलन गर्ने कुल राजस्वको ४० प्रतिशत पेट्रोलियम पदार्थले ओगटेको र बंगलादेशबाट आयातित पेय पदार्थ, खाद्य वस्तुलगायतले पनि कूल राजस्वको ४० प्रतिशत ओगटेकाले पछिल्लो समय राजस्व संकलन वृद्धि भएको भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले बताए ।

सम्बन्धित सामग्री

लक्ष्यअनुरुप राजस्व सङ्कलन गर्न अर्थमन्त्री डा महतको निर्देशन

झापा- अर्थमन्त्री डा प्रकाशशरण महतले काँकरभिट्टा, भद्रपुर भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालय भद्रपुरको निरीक्षणसँगै वर्तमान अवस्थाको जानकारी लिएका छन् । दमक उद्योग वाणिज्य सङ्घले आजदेखि सुरु गरेको १५ दिने पाचौँ दमक महोत्सवको उद्घाटन गर्न झापा पुगेका अर्थमन्त्री महतले भन्सारको निरीक्षणसहित व्यवसायीहरुसँग भेटघाट गरेका हुन् । निरीक्षणपछि मेची भन्सार कार्यालयमा आयोजित कार्यक्रममा उनले दुवै भन्सार […]

मेची भन्सारबाट रु १४ अर्ब राजस्व संकलन

१ साउन, झापा । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको तुलनामा ६९ दशमलव ४१ प्रतिशत राजस्व असुली गरेको जनाएको छ । प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार उक्त आवमा रू १४ अर्ब चार करोड ७५ लाख ३९ हजार राजस्व असुली भएको छ । उहाँका अनुसार भन्सारले गत आवमा रू २० अर्ब २४ करोड […]

इन्धन आयात घट्दा राजस्व प्रभावित

पूर्वी नाका काँकडभिट्टाबाट भित्रिने पेट्रोलियम पदार्थको आयात घटेसँगै राजस्व असुली प्रभावित भएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ । पेट्रोलियम पदार्थको खपत कम हुँदा आयातमा समेत गिरावट आएको छ । त्यस्को प्रत्यक्ष असर राजस्व संकलनमा परेको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले बताए । आयात परिमाण घट्दा राजस्व कम उठ्ने गरेको र […]

भन्सार सीमा बाहिरका जाँच केन्द्र हटाउन अदालतको आदेश

उच्च अदालत विराटनगरको इलाम इजलासले भन्सार सीमा क्षेत्र बाहिर कुनै पनि स्थानमा स्थायी जाँच केन्द्र स्थापना नगर्न आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय प्रेमराज कार्की र लोहितचन्द्र शाहको संयुक्त इजलासले बिहीबार मेची भन्सार कार्यालयका नाममा उक्त आदेश जारी गरेको हो ।झापाको मेचीनगर–७ जोरसिमलस्थित पूर्वपश्चिम राजमार्गमा मेची भन्सार कार्यालय र सशस्त्र प्रहरीको राजस्व तथा भन्सार सुरक्षा गुल्मले सञ्चालन गरिरहेको जाँच केन्द्र हटाउन, जाँचका नाममा सर्वसाधारणलाई सास्ती नदिन र निर्वाधरुपमा आवा

मेची भन्सारको एक करोड ८७ लाख असुली गर्न महालेखाको सुझाव

झापा । मेची भन्सार कार्यालयबाट विभिन्न सामानको आयातमा कम मूल्य र फरक शीर्षक देखाएर रु एक करोड ८७ लाख ८० हजार राजस्व छली भएको पाइएको छ । सो रकम भन्सारमा दाखिला गर्न महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ । हालै सार्वजनिक भएको महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदनअनुसार मेची भन्सार कार्यालय र सुक्खा बन्दरगाहबाट मिलेमतोमा दाना […]

मेची भन्सारको एक करोड ८७ लाख असुली गर्न महालेखाको सुझाव

मेची भन्सार कार्यालयबाट विभिन्न सामानको आयातमा कम मूल्य र फरक शीर्षक देखाएर रु एक करोड ८७ लाख ८० हजार राजस्व छली भएको पाइएको छ । सो रकम भन्सारमा दाखिला गर्न महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ ।हालै सार्वजनिक भएको महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदनअनुसार मेची भन्सार कार्यालय र सुक्खा बन्दरगाहबाट मिलेमतोमा दाना आयात गर्दै आएका पैठारीकर्ताबाट रु ८२ लाख ११ हजार भन्सार महसुल रकम असुल गर्न निर्देशन दिइएको छ । दाना तथा पशुपक्षी उद्योगीले भारतबाट आर्थिक वर्ष २०७८÷७९ मा भटमासको दाना

मेची भन्सारको एक करोड ८७ लाख असुली गर्न महालेखाको सुझाव

झापा -मेची भन्सार कार्यालयबाट विभिन्न सामानको आयातमा कम मूल्य र फरक शीर्षक देखाएर रु एक करोड ८७ लाख ८० हजार राजस्व छली भएको पाइएको छ । सो रकम भन्सारमा दाखिला गर्न महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ । हालै सार्वजनिक भएको महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदनअनुसार मेची भन्सार कार्यालय र सुक्खा बन्दरगाहबाट मिलेमतोमा दाना आयात […]

मेची भन्सारको १ करोड ८७ लाख असुली गर्न महालेखाको सुझाव

मेची भन्सार कार्यालयबाट विभिन्न सामानको आयातमा कम मूल्य र फरक शीर्षक देखाएर १ करोड ८७ लाख ८० हजार राजस्व छली भएको पाइएको छ।...

मेची भन्सारको राजस्व असुलीमा वृद्धि

झापा । चालू आर्थिक वर्षको ६ महीनामा मेची भन्सार कार्यालय काँकडभिट्टाले ७ अर्ब ९८ करोड ६५ लाख ५९ हजार राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को साउनदेखि पुस मसान्तसम्ममा ७ अर्ब ३८ करोड ८६ लाख २४ हजार लक्ष्य लिएकोमा कार्यालयका अनुसार १०८ दशमलव ९ प्रतिशत राजस्व असुल्न सफल भएको हो । पूर्वी नाकाबाट भित्रिने पेट्रोलियम पदार्थका कारण भन्सारको राजस्व असुलीमा समेत उल्लेख्य प्रगति भएको प्रमुख भन्सार अधिकृत केशवराज ओलीले बताए । मेची भन्सार कार्यालय काँकडभिट्टाको कुल राजस्वको ४० प्रतिशत बढी राजस्व पेट्रोलियम पदार्थ र बाँकी ६० प्रतिशत अन्य वस्तुले ओगटेको जानकारी उनले दिए । कार्यालयलाई भन्सार विभागले १५ अर्ब ४५ करोड ४७ लाख ८७ हजार वार्षिक राजस्व संकलनको लक्ष्य दिएको छ । वार्षिक लक्ष्यको तुलनामा ६ महीनामा ५१ दशमलव ६८ प्रतिशत राजस्व असुली भएको जानकारी उनले दिए । साउनको मासिक लक्ष्य ९२ करोड ५९ लाख ७२ हजार राजस्व असुली गर्ने लक्ष्य भए पनि १ अर्ब ३७ करोड १४ लाख ५३ हजार असुली भएको छ, जुन लक्ष्यभन्दा ४८ दशमलव ११ प्रतिशत बढी हो । भदौमा कार्यालयले १ अर्ब २१ करोड ४५ लाख ५० हजार राजस्व असुलीको लक्ष्य पाएकोमा १ अर्ब ३० करोड ७७ लाख ६४ हजार अर्थात् १०७ दशमलव ६७ प्रतिशत संकलन गरेको छ । असोजमा १ अर्ब ३५ करोड ६४ लाख ५ हजार राजस्व संकलन गरेको प्रमुख भन्सार अधिकृत ओलीले जानकारी दिए । असोजको लक्ष्य भने १ अर्ब २४ करोड ७२ लाख ८१ हजार थियो । कात्तिकको लक्ष्य १ अर्ब ३१ करोड ९७ लाख २७ हजार रहेकोमा १ अर्ब १६ करोड ९३ लाख ६९ हजार ११८ रुपैयाँ अर्थात् ८८ दशमलव ६१ प्रतिशत राजस्व असुली गरेको छ । यसैगरी मङ्सिरमा कार्यालयले १ अर्ब ३२ करोड ७३ लाख १९ हजारको लक्ष्य पाएकोमा एक अर्ब ४० करोड २३ लाख ५८ हजार संकलन भएको छ ।  रासस

मेची भन्सार कार्यालय : लक्ष्यभन्दा ८% बढी राजस्व संकलन

साउन ७, झापा । मेची भन्सार कार्यालय काँकडभिट्टाले गत आर्थिक वर्षमा लक्ष्यको तुलनामा करीब आठ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।  गत आर्थिक वर्षमा रू. १२ अर्ब नौ करोड राजस्व असुल गर्ने लक्ष्य लिएकोमा सो अवधिमा कार्यालयले रू. १३ अर्ब तीन करोड राजस्व संकलन गरेको छ । यो लक्ष्यको तुलनामा ७ दशमलव ७७ प्रतिशत बढी हो ।  कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुव विश्वकर्माले यो नाकाबाट सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको बताए । गत आर्थिक वर्षमा यो नाकाबाट संकलन भएको राजस्वमा पेट्रोलियम पदार्थको हिस्सा ४८ प्रतिशत रहेको छ ।  कोभिड–१९ को जोखिममा समेत औद्योगिक क्षेत्रमा प्रयोग हुने कच्चा पदार्थ, खाद्यान्न र तरकारीलगायत सामग्री आयात भइरहेका कारण राजस्व वृद्धि भएको कार्यालयले जानकारी दिएको छ ।  कार्यालयले आर्थिक वर्ष २०७६/७७ मा लक्ष्यको ७३ प्रतिशत अर्थात् रू. आठ अर्ब ३५ करोड राजस्व संकलन गरेको थियो । गत आर्थिक वर्षमा पूर्वी नाका काँकडभिट्टाबाट रू. १३ अर्ब ६५ करोडको सामान निर्यात भएको छ । निर्यात हुने वस्तुमा सबैभन्दा बढी अलैंँची रहेको उनले बताए ।  उनका अनुसार गत आर्थिक वर्षमा यो नाकाबाट रू. छ अर्ब ९० लाख मूल्य बराबरको ८५ लाख ६६ केजी अलैँची निर्यात भएको छ । अघिल्लो आर्थिक वर्षमा रू. चार अर्ब आठ लाख मूल्य बराबरको ५९ लाख ९० केजी अलैँची निर्यात भएको थियो ।  प्रमुख भन्सार अधिकृत विश्वकर्माका अनुसार अलैंँचीपछि सबैभन्दा बढी चिया निर्यात भएको छ । गत आर्थिक वर्षमा रू. तीन अर्ब ३१ लाख मूल्य बराबरको एक करोड १२ लाख ६७ हजार केजी चिया निर्यात भएको कार्यालयले जानकारी दिएको छ । रासस