मेची भन्सारको राजस्व असुली बढ्यो, ६ महीनामा ७ अर्ब ९८ करोड ६५ लाख ५९ हजार संकलन

माघ ५, झापा । चालू आर्थिक वर्षको ६ महीनामा मेची भन्सार कार्यालय काँकडभिट्टाले रू. सात अर्ब ९८ करोड ६५ लाख ५९ हजार राजस्व संकलन गरेको छ ।  आर्थिक वर्ष २०७८/७९ को साउनदेखि पुस मसान्तसम्ममा रू. सात अर्ब ३८ करोड ८६ लाख २४ हजार लक्ष्य लिएकोमा कार्यालयका अनुसार १०८ दशमलव ९ प्रतिशत राजस्व असुल्न सफल भएको हो ।  पूर्वी नाकाबाट भित्रिने पेट्रोलियम पदार्थका कारण भन्सारको राजस्व असुलीमा समेत उल्लेख्य प्रगति भएको प्रमुख भन्सार अधिकृत केशवराज ओलीले बताए । मेची भन्सार कार्यालय काँकडभिट्टाको कुल राजस्वको ४० प्रतिशत बढी राजस्व पेट्रोलियम पदार्थले ओगटेको छ भने बाँकी ६० प्रतिशत अन्यले ओगटेको उनको भनाइ छ । कार्यालयलाई भन्सार विभागले रू. १५ अर्ब ४५ करोड ४७ लाख ८७ हजार वार्षिक राजस्वको लक्ष्य दिइएको छ । उनले वार्षिक लक्ष्यको तुलनामा ६ महीनामा ५१ दशमलव ६८ प्रतिशत राजस्व असुली भएको जानकारी दिए ।  साउनको मासिक लक्ष्य रू. ९२ करोड ५९ लाख ७२ हजार राजस्व असुली गर्ने लक्ष्य भए पनि रू. एक अर्ब ३७ करोड १४ लाख ५३ हजार असुली भएको छ । जुन रकम लक्ष्यको तुलनामा राजस्व असुली ४८ दशमलव ११ प्रतिशत बढी हो । भदौमा कार्यालयले रू. एक अर्ब २१ करोड ४५ लाख ५० हजार राजस्व असुली गर्नुपर्ने लक्ष्य पाएकामा रू. एक अर्ब ३० करोड ७७ लाख ६४ हजार अर्थात् १०७ दशमलव ६७ प्रतिशत राजस्व संकलन गरेको छ । असोजमा रू. एक अर्ब ३५ करोड ६४ लाख ५ हजार राजस्व संकलन गरेको प्रमुख भन्सार अधिकृत ओलीले जानकारी दिनुभयो । असोजको लक्ष्य भने रू. एक अर्ब २४ करोड ७२ लाख ८१ हजार थियो । कात्तिक महीनाको लक्ष्य रू. एक अर्ब ३१ करोड ९७ लाख २७ हजार लक्ष्य लिए पनि एक अर्ब १६ करोड ९३ लाख ६९ हजार ११८ रुपैयाँ वा ८८ दशमलव ६१ प्रतिशत राजस्व असुली गरेको छ ।  मंसिर महीनामा कार्यालयले रू. एक अर्ब ३२ करोड ७३ लाख १९ हजार लक्ष्य लिए पनि रू. एक अर्ब ४० करोड २३ लाख ५८ हजार राजस्व संकलन भएको जानकारी दिइएको छ । पुस महीनामा रू. एक अर्ब ३५ करोड ३७ लाख ७५ हजार लक्ष्यमा रू. एक अर्ब ३७ करोड ९२ लाख सात हजार अर्थात् १०१ दशमलव ८८ प्रतिशत राजस्व संकलन गरेको छ । पूर्वी नाकाबाट आयात हुने कोइला, पेट्रोलियम पदार्थ, सिमेन्ट क्लिङ्कर, पेय पदार्थ, खाना पकाउने ग्यास, मट्टितेल तयारी पोशाक, सुपारी, हवाई स्प्रीड, सुती कपडा, रंगिन टेलिभिजन, ग्लेज टायल, लुब्रिकेटिङ, आयल मोबिल, मोटरका ब्याट्रीलगायतका सामग्री रहेका छन् । रासस

सम्बन्धित सामग्री

आठ महिनामा २० अर्ब २७ करोड राजस्व असुली

विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा २० अर्ब २७ करोड रुपैयाँ राजस्व असुली गरेको छ।...

लक्ष्यभन्दा बढी राजस्व असुली

सिमकोट – चीनसँगको सिमाना हिल्सामा स्थापना भएको यारी नाका भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ। दुईतर्फी नाका सञ्चालनमा आएसँगै हिल्सामा स्थापना गरिएको कार्यालयले लक्ष्यभन्दा बढी राजस्व असुली भएको हो। कार्यालय प्रमुख रामराज जैसीका अनुसार यो वर्षको लक्ष्यभन्दा बढी राजस्व चार महिनामै असुली गर्न सफल भएको छ। कार्यालयले साउन, असोज र कात्तिक २० गतेसम्म […]

विराटनगर भन्सारको राजस्व असुली लक्षको ५७ प्रतिशत मात्रै

विराटनगर भन्सार कार्यालयले भदौ महिनामा लक्षको करिब ५७ प्रतिशत मात्रै राजस्व असुली गरेको छ।

दार्चुला भन्सारमा लक्ष्यभन्दा दोब्बर राजस्व असुली

खलङ्गा– दार्चुला भन्सार कार्यालयले आर्थिक वर्ष २०७९-८० मा लक्ष्यभन्दा दोब्बर राजस्व असुली गरेको छ । कार्यालयले आव २०७९-८० मा रु १९ लाख ६८ हजार लक्ष्य राखेकोमा त्यसको दोब्बर बढी राजस्व असुली गरेको हो ।  गत आवमा रु ४० लाख ८१ हजार चार सय दुई अर्थात् एक सय सात दशमलव ३८८ प्रतिशत राजस्व संकलन भएको दार्चुला […]

नेपालगञ्ज भन्सारमा लक्ष्यको ६२ प्रतिशत राजस्व असुली

राँझा, ३ साउन  । नेपालगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/०८० मा लक्ष्यको ६२ प्रतिशत मात्रै राजस्व असुली गरेको छ । गत आवमा भन्सार कार्यालयले लक्ष्यको ६२ प्रतिशत मात्रै राजस्व असुली भएको कार्यालयका प्रमुख भन्सार अधिकृत नरबहादुर थापाले जानकारी दिए । उनका अनुसार, कार्यालयलाई गत आर्थिक वर्षमा  २९ अर्ब ३२ करोड ९५ लाख राजस्व असुली गर्ने […]

भन्सारको राजस्व असुली निरन्तर घट्दै

नेपालगन्ज भन्सार कार्यालयको राजस्व असुली निरन्तर घट्दै गएको छ । कार्यालयको तथ्यांकअनुसार माघ मसान्तसम्म लक्ष्यको ६१.०७ प्रतिशतमात्रै राजस्व असुली गरेको हो । कार्यालयले माघ सम्म १६ अर्ब ४१ करोड ९२ लाख ४५ हजार असुली गर्ने लक्ष्य लिएकोमा १० अर्ब २ करोड ६५ लाख ७१ हजार मात्र उठाएको जनाएको छ । यो असुली कार्यालयलाई माघसम्म दिएको […]

कृष्णनगर भन्सारबाट पाँच अर्ब राजस्व असुली, निर्यात हालसम्मकै उच्च

काठमाडौँ । कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयले रु पाँच अर्ब ४३ करोड ४४ लाख ३७ हजार राजस्व असुली गरेको छ । जिल्लाको सबैभन्दा ठूलो भन्सार नाकाको रूपमा रहेको कृष्णनगर भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख जनार्दन पौडेलले बताए । भन्सारले गत वर्षभन्दा रु १६ करोड ३८ लाख ८१ हजार बढी राजस्व असुली गरेको […]

कृष्णनगर भन्सारबाट पाँच अर्ब राजस्व असुली

कपिलवस्तु– कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयले पाँच अर्ब ४३ करोड ४४ लाख ३७ हजार राजस्व असुली गरेको छ ।  जिल्लाको सबैभन्दा ठूलो भन्सार नाकाको रुपमा रहेको कृष्णनगर भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको कार्यालयका प्रमुख जनार्दन पौडेलले बताए । भन्सारले गत वर्षभन्दा  १६ करोड ३८ लाख ८१ हजार बढी राजस्व असुली गरेको छ । निर्यात […]

लक्ष्य भन्दा बढी राजस्व असुली

आन्तरिक राजस्व कार्यालय नेपालगन्जले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्य भन्दा बढी राजस्व असुली गरेको छ । कार्यालयले फागुनसम्म २ अर्ब ५२ करोड १५ लाख लक्ष्य रहेकोमा २ अर्ब ८४ करोड ४० लाख अर्थात करिव ११३ प्रतिशत राजस्व असुली गरेको हो ।यो गत आर्थिक वर्ष २०७६÷०७७ को सोही अवधीको तुलनामा ३९ करोड ५६ लाख रुपैयाँले […]

लक्ष्य भन्दा बढी राजस्व असुली

नेपालगन्ज-आन्तरिक राजस्व कार्यालय नेपालगन्जले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्य भन्दा बढी राजस्व असुली गरेको छ । कार्यालयले फागुनसम्म २ अर्ब ५२ करोड १५ लाख लक्ष्य रहेकोमा २ अर्ब ८४ करोड ४० लाख अर्थात करिव ११३ प्रतिशत राजस्व असुली गरेको हो ।यो गत आर्थिक वर्ष २०७६-०७७ को सोही अवधीको तुलनामा ३९ करोड ५६ लाख रुपैयाँले […]