इलाम : इलामको २ स्थानीय तहमा गरिएको अध्ययनअनुसार नेपालमै दुर्लभ चरा फेला परेका छन्। जिल्लाको सूर्योदय नगरपालिका र रोङ गाउँपालिकाका बिभिन्न क्षेत्रमा कोशी बर्ड सोसाईटीको अगुवाईमा गरिएको अध्ययनले इलाममा दुर्लभ चरा फेला परेका हुन्।कन्याम र कुट्टीडाँडा क्षेत्रमा तीन दिनसम्म अध्ययन गर्दा नेपालमै दुर्लभ मानिएका विभिन्न प्रजातिका चरा फेला परेको जनाइएको छ। नेपालमै दुर्लभ मानिएको वन टिकटिके, रातो ढाँडे पुष्प कुकील, ठूलो निलतवा, ससीया, चाँदी काने मेसीया, लालपुच्छ्रे मिल्ला लगायत प्रजातिका चरा फेला परेको क