काठमाण्डाै - ग्रीष्म कालीन आगन्तुक चरा बाहिरिएलगत्तै हिउँदे आगन्तुक चरा नेपाल आइपुगेका छन्।
जाडो छल्न १ सय ५० प्रजातिका हिउँदे आगन्तुक चरा विभिन्न देशबाट नेपाल आएका हुन् । चिसो छल्न र खानेकुराको खोजीका लागि हरेक वर्ष नेपालमा हिउँदे आगन्तुक चरा आउने गर्छन् । यसपालि एक/दुई हप्ता ढिलो गरी हिउँदे आगन्तुक चरा नेपाल आएका छन् ।
चराविद् डाक्टर हेमसागर बरालकाअनुसार नेपाल आएका यी चरा ६ महिनासम्म बस्ने छन् । त्यस पछि उनीहरु बच्चा कोरल्न जुन ठाउँबाट आएको त्यहीँ ठाउँमा जाने उहाँले बताउनुभयो । ग्रीष्म कालीन आगन्तुक चराले...