मुस्ताङमा नयाँ प्रजातिको चरा भेटिएको छ। लोमान्थाङ गाउँपालिका–५ केकीघाङमा ‘इउरोपियन रोलर’ जातको चरा भेटिएको हो। अन्नपूर्ण संरक्षण आयोजना (एक्याप)को जोमसोमस्थित इलाका संरक्षण कार्यालयका प्रमुख संरक्षण अधिकृत ऋषि बरालले यो चरा नेपालमै पहिलो पटक लोमान्थाङमा भेटिएको बताए।