कञ्चनपुर - कञ्चनपुरसहित देशका ६६ जिल्लामा भाेलि शनिवारदेखि एकैसाथ ‘छिमेकी चरा’ एपको माध्यमबाट चरा गणनाको कार्य सुरु हुने भएको छ ।
नेपाल पक्षी संरक्षण सङ्घले एपमार्फत नेपालमै पहिलो पटक चरा गणनाको कार्य गर्न लागिएको हो । स्वयम्सेवक खटाएर एपमार्फत चरा गणनाको कार्य गरिन लागेको सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताउनुभयो।
'मोबाइलमा छिमेकी चरा एप स्वयम्सेवकले डाउनलोड गरी घर नजिकै, छरछिमेक, गल्ली, विद्यालय, पार्कलगायत क्षेत्रमा पाइने चराको फोटो खिचेर एपमा अपलोड गरी अभिलेखीकरणको कार्य हुन्छ, उहाँ...