गत आवको चौथो त्रैमासमा उद्योगको क्षमता ६४.८ प्रतिशतले उपयोग

गत आर्थिक वर्षको चौथो त्रैमासमा उद्योगको क्षमता ६४.८ प्रतिशतले उपयोग भएकको एक अध्ययनले देखाएको छ ।प्रमुख औद्योगिक क्षेत्रका औद्योगिक गतिविधिको अध्ययन गरेर नेपाल उद्योग परिसंघले पहिलो “आद्योगिक अवस्थिति प्रतिवेदन” सार्वजनिक गर्दै प्रतिवेदनले उक्त अवधिमा उद्योगहरुले कूल उत्पादन क्षमताको ६४.८ प्रतिशत क्षमता उपयोग गरेको देखाएको हो ।परिसंघले त्रैमासिक रुपमा सार्वजनिक गर्ने प्रतिवेदनको पहिलो अंक राष्ट्रिय योजना […]

सम्बन्धित सामग्री

उद्योगको क्षमता उपयोग घट्यो

काठमाडौं  । आर्थिक गतिविधिमा कमी आइरहेका बेला उद्योगहरूको क्षमता उपयोग पनि घटेको पाइएको छ । कोभिड–१९ महामारी, रूस–युक्रेन तनावका कारण देखिएको उच्च महँगी र वित्तीय क्षेत्रमा तरलता अभावसँगै आर्थिक गतिविधिमा कमी आउँदा उद्योगको क्षमता उपयोगमा प्रभाव परेको हो । नेपाल राष्ट्र बैैंकले गरेको आर्थिक गतिविधिसम्बन्धी अध्ययनले चालू आर्थिक वर्ष (आव) को पुससम्ममा उद्योगहरूको औसत क्षमतामध्ये ४३ दशमलव शून्य ७ प्रतिशतमात्र उपयोगमा रहेको देखाएको छ । गत आवको यही अवधिमा उद्योगहरूको औसत क्षमता उपयोग ४८ दशमलव ३ प्रतिशत थियो । राष्ट्र बैंकले ७ ओटै प्रदेशका १५४ उद्योगलाई समेटेर गरेको सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको हो । सर्वेक्षणमा समेटिएका उद्योगमध्ये बिजुली उद्योगको क्षमता उपयोग ९३ दशमलव १९ प्रतिशत, चकलेट उद्योगको क्षमता उपयोग ८५ दशमलव ५९ प्रतिशत र प्रशोधित चिया उद्योगको क्षमता उपयोग ८५ दशमलव ३९ प्रतिशत रहेको पाइएको छ । अध्ययनले समेटेका उद्योगमध्ये वनस्पति घिउ, तोरीको तेल, भटमासको तेल, चामल, गहुँको पिठो, पशुदाना, बिस्कुट, चाउचाउ, मदिरा, हल्का पेय पदार्थ, सिन्थेटिक कपडा, प्रशोधित छाला, रंग, ट्याब्लेट, क्याप्सुल, ओइन्टमेन्ट, लिक्विड, साबुन, प्लास्टिकका सामान, सिमेन्ट, कंक्रिट, फलामको छड तथा पत्ती, आल्मुनियम उत्पादन, बिजुलीका तार र केबुल, टायर तथा ट्युब, छाला र कपडाको जुत्ता उद्योगको क्षमता उपयोग बढेको छ । यस्तै प्रशोधित दूध, चिनी, चकलेट, प्रशोधित चिया, बियर, चुरोट, धागो, पस्मिना, गार्मेन्ट, जुटका सामान, कच्चा छाला, चिरेको काठ, कागज, रोजिन, ड्राइ सिरप, इँटा, स्टीलबाट उत्पादन हुने वस्तु, जीआई तार, जीआई पाइप, घरेलु धातुका सामान र चप्पलको क्षमता उपयोग घटेको छ । प्रादेशिक आधारमा भने कर्णाली प्रदेशका उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ५१ दशमलव ९ प्रतिशत र मधेशका उद्योगको क्षमता उपयोग सबैभन्दा कम ३४ दशमलव १ प्रतिशत रहेको अध्ययन प्रतिवेदनमा औंल्याइएको छ । अन्तरराष्ट्रिय बजारमा भएको मूल्य वृद्धिले आयातित कच्चा पदार्थमा आधारित उद्योगको लागत बढ्दा उद्योगहरूको क्षमता उपयोग घटेको पाइएको राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले बताए । यसैगरी औद्योगिक असुरक्षा, असहज श्रम सम्बन्ध, प्रविधि ग्रहण गर्ने क्षमताको कमी, न्यून उत्पादकत्व, निर्यातयोग्य वस्तुमा विविधीकरणको कमीलगायत समस्याले पनि उद्योगको विकास हुन नसकेको अध्ययनले देखाएको उनको भनाइ छ । तर, कतिपय प्रदेशको औद्योगिक क्षेत्रमैत्री नीति र यातायात पूर्वाधारलगायत विकासले उद्योगको क्षमता बढ्दै गएको पाइएको छ ।  द्योगिक कर्जा पनि घट्यो गत आवमा बैंकहरूबाट औद्योगिक क्षेत्रमा प्रवाह हुने कर्जा पनि घटेको छ । २०७८ पुस मसान्तको तुलनामा २०७९ पुस मसान्तमा बैंक, वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा ६ दशमलव ९ प्रतिशतले घटेर १३ खर्ब ४३ अर्ब ३७ करोड कायम भएको छ । गतवर्षको सोही अवधिमा यस्तो कर्जा १९ दशमलव ४ प्रतिशतले बढेको थियो ।  कुल कर्जामा औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश २७ दशमलव ९ प्रतिशत छ । औद्योगिक कर्जामध्ये खानीसम्बन्धी उद्योगमा १ दशमलव ३, कृषि, वन तथा पेय पदार्थसम्बन्धी उद्योगमा २० दशमलव १, गैरखाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगमा ३९ दशमलव ६, निर्माणसम्बन्धी उद्योगमा १३, विद्युत् ग्यास तथा पानीसम्बन्धी उद्योगमा २० र धातुका उत्पादन, मेशिनरी तथा इलेक्ट्रोनिकसम्बन्धी उद्योगमा ६ प्रतिशत कर्जा प्रवाह भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

मधेश प्रदेशका उद्योगको उत्पादन क्षमता ५९.१६ प्रतिशत

१८ पुस, काठमाडौं । सरकारी अध्ययनले मधेश प्रदेशमा उद्योगहरुको उपयोग क्षमता बढेको देखाएको छ । सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मधेश प्रदेशको आर्थिक गतिविधि सम्बन्धी प्रतिवेदनले अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष सो प्रदेशमा उद्योगहरुको क्षमता उपयोग वृद्धि भएको उल्लेख छ । प्रदेशमा सञ्चालित उद्योगहरुको क्षमता उपयोग आर्थिक वर्ष (आव) २०७७/७८ मा भन्दा आव २०७८/७९ […]

प्रदेश १ का उद्योगको क्षमता उपयोग घट्यो

प्रदेश १ का उद्योगको औसत क्षमता उपयोग घटेको छ । नेपाल राष्ट्र बैंकले गरेको अर्धवार्षिक अध्ययनअनुसार आर्थिक वर्ष २०७८/ ०७९ को पहिलो ६ महिनामा प्रदेश १ का उद्योगहरुको औसत क्षमता उपयोग घटेर ४८.९ प्रतिशत भएको छ । केन्द्रीय बैंकले प्रदेश १ का १४ जिल्लामा गरेको अध्ययनले गत आर्थिक वर्षको सोही अवधिमा उद्योगहरुको औसत क्षमता उपयोग […]

नेपालका उद्योगहरुबाट क्षमताको ७१ प्रतिशत मात्रै उपयोग

नेपालका उद्योगले आफ्नो उत्पादन क्षमताको ७१ प्रतिशत मात्रै क्षमता उपयोग गरेको पाइएको छ । नेपाल उद्योग परिसङ्घले उद्योगको औद्योगिक गतिविधिको अध्ययन गरेर सार्वजनिक गरेको औद्योगिक अवस्थिति प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिकमा उत्पादनमूलक उद्योग र सेवा क्षेत्रका उद्योगको अवस्थाको विस्तृत तथ्याङ्क प्रतिवेदनमा समेटिएको छ । यस प्रतिवेदनले …

उद्योगहरूको क्षमता उपयोग बढ्यो

कोभिड–१९ को प्रभाव कम हुँदै जाँदा नेपाली उद्योगहरूको क्षमता उपयोग बढेको देखिएको छ । नेपाल उद्योग परिसंघले शुक्रवार सार्वजनिक गरेको औद्योगिक अवस्थिति प्रतिवेदनले गत आर्थिक वर्षको अन्तिम त्रैमासिक अवधिको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा उद्योगको क्षमता उपयोगमा उल्लेख्य सुधार भएको देखाएको हो । प्रतिवेदनका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म नेपाली उद्योगहरूले आफ्नो कुल क्षमताको ७० दशमलव ५ प्रतिशत उपयोग गरेका छन् । जुन गत आर्थिक वर्षको अन्तिम त्रैमासिक अवधिमा ६४ दशमलव ८ प्रतिशत थियो । अहिले भने उत्पादनमूल...

उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि

कोभिड–१९ को प्रभाव कम हुँदै जाँदा नेपाली उद्योगहरूको क्षमता उपयोग बढेको छ । नेपाल उद्योग परिसंघले सार्वजनिक गरेको औद्योगिक अवस्थिति प्रतिवेदन अनुसार गत आर्थिक वर्षको अन्तिम त्रैमासिक अवधिको तुलनामा चालु आर्थिक वर्षमा उद्योगको क्षमता उपयोगमा उल्लेख्य सुधार भएको पाइएको हो ।प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाली उद्योगहरूले आफ्नो कूल क्षमताको ७०.५ प्रतिशत उपयोग गरेका […]

नेपाली उद्योगको क्षमता उपयोग ७० प्रतिशत पुग्यो

प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाली उद्योगहरूले आफ्नो कूल क्षमताको ७० दशमबल ५ प्रतिशत उपयोग गरेका छन् ।

उद्योगको क्षमता उपयोग सुधारोन्मुख

२३ कात्तिक, काठमाडौं । कोभिड माहामारीका कारण शिथिल बनेको उद्योगहरुको सञ्चालन क्षमतामा उल्लेख्य सुधार भएको छ । नेपाल उद्योग परिसंघले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक औद्योगिकस्थिति रिपोर्टअनुसार नेपालमा सञ्चालित उद्योगहरुको क्षमता उपयोग ६४.८ प्रतिशत पुगेको छ । कृषि, उर्जा, उत्पादन र सेवा उद्योग गरी चार क्षेत्रमा गरिएको अध्ययनमा यस्तो नतिजा देखिएको हो । […]

युवामा रहेको सोच, ऊर्जा र साहसलाई उपयोग गर्नुपर्छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले युवामा भएको क्षमता, सोच र सीपलाई भरपुग उपयोग गर्नुपर्ने बताउनुभएको छ । ‘अन्तर्राष्ट्रिय युवा दिवस’ का अवसरमा राष्ट्रिय युवा परिषदद्वारा आज आयोजित भर्चुअल कार्यक्रममा शुभकामना दिनुहुँदै उहाँले राज्यले युवा विकासलाई उच्च प्राथमिकतामा राखेर उनीहरूमा रहेको उर्जा, सोच र साहसलाई भरपुर उपयोग गर्नुपर्ने बताउनुभएको हो । राष्ट्रपति भण्डारीले दिगो विकासका लक्ष्य हासिल गर्नका …