रसुवा – लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा अध्ययन, अनुसन्धान गर्न आउनेको सङ्ख्या बढ्दै गएको छ । निकुञ्जक्षेत्र भित्र पाइने जीवजन्तु, वनस्पति, वन्यजन्तुको आहारा, जलवायु परिवर्तनको असरलगायतका विषयमा अध्ययन–अनुसन्धान गर्नका लागि नेपालीसहित विदेशी विद्यार्थी र अनुसन्धानकर्ता आउने गरेका छन् । निकुञ्जका अनुसार सात वर्षमा एक सय १८ वटा अध्ययन भएको छ ।
आर्थिक वर्ष २०७१/७२ मा १२, आव २०७२/७३ मा १६, आव २०७३/७४ मा १९, आर्थिक वर्ष २०७४/७५ मा २७, २०७५/७६ मा २२, २०७६/७७ मा १४ र आर्थिक वर्ष २०७७/७८ मा आठ वटा अध्ययन–अनुस...