काठमाडौँको कुलेश्वरबाट प्रहरीले हुण्डी कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । महानगरपालिका–१४ कुलेश्वरस्थित फलफूल बजारबाट ३० लाख ७ हजार रुपैयाँसहित मंगलबार दुई जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।पक्राउ पर्नेहरूमा काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भएका फलफूल व्यवसाय गर्ने मीनप्रसाद गौतम र रमेश तिमिल्सेना छन् । कुलेश्वर फलफूल बजारको स्टल नम्बर–१८ मा रहेको गौतमको फलफूल पसलका कामदार हुन् तिमिल्सेना ।हुण्डी कारोबारको सुराकको आधा