भारतको सबैभन्दा ठूलो वायुसेवा कम्पनी इन्डिगोले एक विशेष स्मार्टवाचमार्फत आफ्ना विमान चालकहरूको थकान वा तन्द्रा अवस्था जाँच्ने भएको छ । इन्डिगोले थकान व्यवस्थापनका प्रक्रियाहरूमा सुधार गर्न सल्लाहकारसमेत नियुक्त गर्ने योजना बनाएको रोयटर्सले जनाएको छ ।