कोरोना भाइरसबाट भारतमा अझै पनि दैनिक झण्डै थप ११ सय मानिस सङ्क्रमित हुने गरेका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा देशभरी एक हजार १५० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । भारतको संघीय स्वास्थ्य मन्त्रालयले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या भने ११ हजार ३६५ रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा भारतमा एक हजार १९४ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ । महामारी सुरु भएदेखि अहिलेसम्म भारतमा चार करोड २५ लाख एक हजार १९६