आज कात्तिक १६ देखि यमपञ्चक पर्व सुरू हुँदैछ । तिहार भन्छौँ हामी यस पर्वलाई । दीपावली पनि हो यस पर्वको अर्को नाम । दसैँपछि दोस्रो ठूलो पर्व हो यो । यस पर्वलाई हरेकवर्ष कात्तिककृष्ण त्रयोदसीदेखि कात्तिक शुक्ल द्वितीयातक मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यमपञ्चक भनिएको हो । यम अर्थात् काल वा समयको समेत सम्झना गरिन्छ यतिबेला । त्यसैले पञ्चकमा यम विशेषण जोडेर यमपञ्चक भन्ने गरिएको हो । काग र कुकुरदेखि गाई, गोरु, तथा मानिसको समेत पूजा हुने गर्छ यस पर्वमा । दीपावली गरी लक्ष्मी र गोवर्द्धन पर्वतको समे