काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले तिहार नेपालको विशिष्ट मौलिक पर्व भएको बताएका छन्। तिहारको अवसरमा शुभकामना दिँदै देउवाले यो पर्वले प्रकृति, मानव, जीवन र प्राणी जगतबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइबीचको स्नेहसमेत प्रगाढ बनाउन मद्दत पुर्याएको बताएका छन्।तिहारको अवसरमा खेलिने देउसी भैलोलगायत साँस्कृतिक नाचगानले समाजमा शान्ति, सद्भाव, एकता र भाइचारा अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याएको उनको सन्देशमा उल्लेख