हाम्रा राजनीतिक दलका शीर्ष नेताहरुले बोल्ने कुरा हेर्ने हो भने इतिहासदेखि नै ध्यान दिएको देखिँदैन । पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति पनि त्यसकै सिलसिला हो । सार्वभौम देशका नागरिकका हिसाबमा यो एकदमै खेदजनक कुरा छ । प्रधानमन्त्रीले जुन अभिव्यक्ति दिनु भएको छ, त्यसले उहाँमाथि मात्र होइन तपाईँ हाम्रो मानमर्दन गरेको छ । हामीले जुन सार्वभौमसत्ता सम्पन्न नागरिक भनेका छौँ त्यसमाथि मानमर्दन भएको छ । त्यसकारण यो खेदजन्य कुरा हो ।
हामीले इतिहासदेखि हेर्ने हो भने प्रधानमन्त्रीले नाम लिनु भएको शक्तिराष्ट्र,...