काठमाण्डाै – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले संविधानलाई बचाउनका निम्ति गठबन्धन बनेको जिकिर गर्नुभएकाे छ ।
मङ्गलवार नेपाल निजामती कर्मचारी युनियनले बडा दशैँ तथा शुभ दिपावलीलगायतका पर्वहरूको अवसरमा काठमाण्डाैमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै मन्त्री बडूले यस्तो बताउनुभएको हो । उहाँले तत्कालीन सत्तारूढ पार्टीले दुई पटक संसद् विघटन गरेर संविधानलाई मार्न खोजेकोले संविधानलाई बचाउनका लागि गठबन्धन भएको बताउनुभयो । देशको स्थिरताका लागि प्रतिपक्षमा रहेको कांग्रे...