काठमाडौं, बैशाख १२ । नेकपा (एमाले)भित्र उम्मेदवार छनोट प्रक्रिया नमिलेको भन्दै विवाद उत्पन्न भएको छ। खासगरी पार्टीभित्र एमालेका उपाध्यक्ष ईश्वर पोखरेल, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, खगराज अधिकारीलगायतले पार्टीभित्र आफूनिकटका नेताहरूले टिकट पाउनुपर्ने भन्दै अडान राख्न थालेपछि मध्यमार्गी धार खोज्दा झन् विवाद भएको हो। पोखरा र विराटनगर, ओखलढुंगा, कैलाली, इलामलगायतका जिल्लामा ‘भूमिगत गुटगत’ समूह हाबी […]