हेटौंडा : बागमती प्रदेशको मुख्यमन्त्री बनेको एकसातामा नै अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन्। एमाले विवाद चुलिएर औपचारिक रूपमा दुई दलमा विभाजन हुनै लाग्दा प्रदेशको मुख्यमन्त्री बनेकी शाक्य नेतृत्व सम्हालेको एकसातामा नै अल्पमतमा परेकी हुन्।लामो समयदेखि माधव नेपाललाई साथ दिँदै आएकी शाक्य केपी ओली नेतृत्वको एमालेबाट मुख्यमन्त्री बन्दा नै चुनौतीको चाङ स्पष्ट थियो।मुख्यमन्त्रीको शपथ खानेबितिक्कै दुई सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्दा आफ्नो विश्वासको पात्रको रुपमा सामाजिक विकास मन्त्रालयक