एक सर्वेक्षणले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई अहिलेसम्मकै खराब प्रधानमन्त्री भएका देखाएको छ । मार्केट अनुसन्धान कम्पनी इप्सोसद्वारा सन् २०१९ देखि २०२२ को अगस्टसम्म गरिएको अध्ययनले बेलायती नागरिक प्रधानमन्त्री जोनसनप्रति अहिलेसम्मका अरु प्रधानमन्त्रीभन्दा बढी असन्तुष्ट रहेको देखाएको हो ।
दोस्रो विश्वयुद्धपछि बेलायती प्रधानमन्त्रीको कार्यसम्पादनको बारेमा सोधिएका प्रश्नमा ४९ प्रतिशतले अहिलेका प्रधानमन्त्री बोरिस जोनसनको कामलाई खराब बताएका छन् । यस्तै, ४१ प्रतिशतले म्यारी थेरेसा र ३८ प्रतिशतले डेबिड क्यामरुनलाई खराब बताएका इप्सोसको प्रत...