लन्डन – बेलायती प्रधानमन्त्री बोरिस जोनसन युक्रेन-रूस सीमामा तनाव बढेकोबारे छलफल गर्न अर्को हप्ता युरोप भ्रमणमा जान लागेको एक स्रोतले स्पुतनिकलाई बताएको छ। प्रधानमन्त्रीले अर्को हप्ता युक्रेन संकटमा कूटनीतिक प्रयासको अगुवाइ जारी राख्न र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता जारी राख्दै यस क्षेत्रको भ्रमणमा जाने स्रोतले उल्लेख गरेको छ। –रासस–एएनआई / स्पुतनिक