सरकारले नै बनाएको कोभिड लकडाउन नियम पालना नगरेको र प्रधानमन्त्री कार्यलय १० डाउनिङ स्ट्रिटमा भोज आयोजना गरेका विषयलाई लिएर बेलायती प्रधानमन्त्री बोरिस जोनसन अहिले समस्यामा परेका छन् । सो विषयमा छानविन गर्न गठित समितिले १०डाउनिङ स्ट्रिटमा पार्टी आयोजना गर्न दिनु नेतृत्वको कम्जोरी भएको निश्कर्ष निकालेको छ ।पार्टीबारे छानविन गर्न वरिष्ठ सरकारी कर्मचारी सुसन ग्रेको नेतृत्वमा समिति गठन भएको थियो । लामो पर्खाइपछि सार्वजनिक भएको समितिको अध्ययनमा ग्रेले कतिपय कार्यक्रम आयोजना नहुनु पर्ने बताएकी छिन् ।&n