नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति विरुद्धको बहस सकिएको छ। शुक्रबार विश्वराज पोखरेल पक्षका वकिलहरूले जवाफी बहस गरेसँगै सम्पूर्ण सुनुवाइ प्रक्रिया नै सकिएको हो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा हेर्दाहेर्दैमा रहेको मुद्दामा शुक्रबार निवेदक एआईजी विश्वराज पोखरेलको तर्फबाट वकिलहरू शतीशकृष्ण खरेल, रमेश बडाल, राधेश्याम अधिकारी, ललितबहादुर बस्नेत, हरिहर दाहा, सुनिल पोखरेल, पूर्णमान शाक्य र कृष्णप्रसाद भण्डारीले जवाफी बहस गरेका थिए । बहस सकिएसँगै आ