भदौ ३१, काठमाडौं । विकास हाइड्रोपावरले आईपीओ निष्कासनका लागि प्रभु क्यापिटल लिमिटेडलाइ विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
बिहीवार आयोजित कार्यक्रममा विकास हाइड्रोपावरकातर्फबाट प्रबन्ध निर्देशक कृष्ण प्रसाद घिमिरे तथा प्रभु क्यापिट ललिमिटेडकातर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
कम्पनीले गोरखा जिल्लाको दार्चे गाउँपालिकामा अवस्थित माछाखोलामा अपर माछाखोला स्मल हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । ४ दशमलव ५५ मेगावाट क्षमताको आयोजना निर्माण गरेको उक्त कम्पनीले हालसम्म ५० प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको छ ।
कम्पनीले अधिकृत तथा जारी पूँजी ४६ करोड २८ लाख ५० हजार रुपैयाँको ३० प्रतिशतले हुन आउने १३ करोड ८८ लाख ५० हजार रुपैयाँ बराबरको १३ लाख ८८ हजार ५०० कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।