टेस्ट च्याम्पियनसिपको फाइनल खेल आजबाट

काठमाडौं । विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल आजबाट सुरु हुँदै छ । आईसीसी विश्व टेस्ट च्याम्पियनसिपअन्तर्गत आज भारत र न्युजिल्यान्डले प्रतिस्पर्धा गर्दै छन् । साउथह्याम्पटनमा हुने फाइनल टेस्ट नेपाली समयानुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । दुवै टोलीको लक्ष्य पहिलो संस्करणको उपाधि उचाल्ने हुनेछ । करिब दुई वर्षसम्म टिमहरुले टेस्ट क्रिकेट...

सम्बन्धित सामग्री

साफ च्याम्पियनसिपको फाइनल खेल पनि सातदोबाटोमै हुने

काठमाडौं । साफ यू-२० च्याम्पियनसिपको फाइनल खेल सातदोबाटोमै हुने भएको छ । यसअघि फाइनल खेल दशरथ रंगशाला हुने तय गरिएकोमा एन्फाले सोमबार सूचना जारी गर्दै फाइनल खेल पनि सातदोबाटोको एन्फा कन्फ्लेक्समा हुने जनाएको हो । साफ यू–२० च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपाल र बंगलादेश खेल्दैछन् । उक्त खेल बुधबार दिउँसो साढे २ बजेबाट सुरु […]

महिला साफ : नेपाल-बंगलादेश बीचको फाइनल खेल (तस्वीरमा)

काठमाडौं : राजधानीको दशरथ रंगशालामा भएको महिला साफ च्याम्पियनसिपमा बंगलादेश उपाधि जित्न सफल भएको छ। आज भएको फाइनलमा नेपाललाई ३-१ गोलले पराजित गरी बंगलादेश साफको नयाँ च्याम्पियन बनेको हो।यसपटक बंगलादेशसँग खेलेको फाइनलमा पनि नेपालले उप-विजेतामै सीमित हुनु पर्‍यो। बंगलादेशले खेलको पहिलो हाफमा २ गोलले अग्रता लिएको थियो। नेपालका लागि अनिता बस्नेतले दोस्रो हाफमा १ गोल फर्काइन्।साफ च्याम्पियनसिपको फाइनल खेल (तस्वीरमा):

साफ महिला च्याम्पियनसिपः बंगलादेशले थप्यो गोल, २ गोलले पछि पर्‍यो नेपाल

काठमाडौंः साफ महिला च्याम्पियनसिपको फाइनल खेल दशरथ रंगशालामा जारी छ। जारी खेलेको ७७औँ मिनेटसम्म नेपाल दुई गोलले पछि परेको छ। पहिलो हाफमा दुई गोल खाएको नेपालका लागि ७०औँ मिनेटमा १ गोल फर्काएको छ।    अनिता बस्नेतले ७०औँ मिनेटमा गोल गर्दै २–१ को अवस्थामा ल्याएकी थिइन्। त्यसको सात मिनेटमै बंगलादेशले पुनः…

महिला साफ च्याम्पियनसिपः उपाधि बाहिर जान दिने छैनौँ !

घरेलु भूमिमा आयोजना भइरहेको महिला साफ च्याम्पियनसिपको फाइनल खेल भोलि सोमबार हुँदैछ । भोलि हुने फाइनल खेलमा घरेलु टोली नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपालमा नै दोस्रो पटक आयोजना भएको प्रतियोगिताको उपाधि यो पटक नेपाल आफ्नै पोल्टोमा राख्ने योजनामा छ ।यसअघि विराटनगरमा सन् २०१९ मा भएको साफमा नेपाल भारतसँग पराजित हुँदै उपविजेता बनेको थियो । तर, यो पटक भने नेपालले सेमिफाइनलमै भारतलाई हराउँदै ऐतिहासिक सफलता हात पारेको छ । साफ महिला च्याम्पियनसिपले अहिले नयाँ च्याम्पियन पाउँदैछ । यस

साफ च्याम्पियनसिपको फाइनल साँझ ५ बजे सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)– दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियनसिपको फाइनल खेल सोमबार साँझ ५:०० बजे सुरु हुनेछ । फाइनलमा नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । यी दुई पहिलो पटक फाइनल एक अर्काको सामना गर्दैछन् । भदौ २१ गते देखि सञ्चालन भएको च्याम्पियनसिपमा दक्षिण एसियाका सातै राष्ट्रको सहभागिता थियो । समूह एमा ४ र समूह बीमा […]

टी–ट्वान्टी महिला च्याम्पियनसिपको फाइनल खेल आज हुँदै

काठमाडौं । दोस्रो संस्करणको ललितपुर मेयर्स कप टी– टी–ट्वान्टी महिला च्याम्पियनसिपको फाइनल खेल आज सोमबार हुँदैछ । त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे हुने फाइनलमा एपीएफ क्लब र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । आजै दुबै टोली उपाधि जित्ने योजनासहित मैदान उत्रने छन् । पाँच टोली सहभागी प्रतियोगितामा एपीएफ शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो । एपीएफले […]

बर्खास्त राखेप सदस्यसचिव सिलवाल राति स्वदेश फर्कंदै

काठमाडौं । साफ च्याम्पियनसिपको फाइनल खेल हेर्न माल्दिभ्स पुगेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाल साेमबार राति स्वदेश फर्कंदै छन् । गत हप्ता अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पासँग माल्दिभ्स राजधानी माले पुगेका सदस्य सचिव आज (मंगलबार) राति ९ बजे अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने भएका हुन् । सदस्यसचिव सिलवालका स्वकीय सचिव मनोज […] The post बर्खास्त राखेप सदस्यसचिव सिलवाल राति स्वदेश फर्कंदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

युरो–२०२० को फाइनल नेदरल्यान्ड्सका रेफ्री काइपर्सले खेलाउने

एजेन्सी। नेदरल्यान्डका रेफ्री वियोर्न काइपर्सले युरोपियन च्याम्पियनसिपको फाइनल खेल खेलाउने भएका छन्। आइतबारराति हुने युरो–२०२०को फाइनलमा इङ्ल्यान्ड र इटालीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। युरोपियन च्याम्पियनसिपको फाइनल खेलाउने काइपर्स नेदरल्यान्ड्सका पहिलो रेफ्री हुन्। २०१४ विश्वकपको समूह चरणमा इङ्ल्यान्ड र इटाली भिड्दा पनि ४८ वर्षे काइपर्सनै रेफ्री थिए। उक्त खेलमा इटाली २–१ ले विजयी भएको थियो।

भारत र न्युजिल्यान्डबीचको टेस्ट च्याम्पियनसिपको फाइनल आजबाट

एजेन्सी। भारत र न्युजिल्यान्डबीचको आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल आजबाट इंग्ल्यान्डमा सुरु हुँदैछ। साउथह्याम्पटनमा हुने फाइनल टेस्ट नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ। टेस्ट च्याम्पियनसिपको विजेताले १.६ मिलियन अमेरिकी डलर पुरस्कार पाउने छन्। फाइनल टेस्ट बराबरीमा सकिए पुरस्कार रकम बराबर बाढिने छ भने उपविजेता टोलीले ८ लाख अमेरिकी डलर पाउने छ।

राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको फाइनल खेल आज

काठमाण्डाै - राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । त्रिपुरेश्वरमा रहेको राखेपको कभर्डहलमा आज महिलातर्फको फाइनलमा न्यू डाइमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने छन् । अहिले पुरुषतर्फको फाइनल खेल अन्तर्गत एपीएफ क्लब र हेल्प नेपाल खेलिरहेका छन् । यस्तै महिलातर्फकाे फाइनल खेल दिउँसाे साढे २ बजे हुनेछ ।  च्याम्पियनसिपको महिला र पुरुष विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै उपविजेताले १ लाख ५० हजार, तेस्रोले ७६ हजार र चौथाेले ३७ हजार ५ ...