राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको फाइनल खेल आज

काठमाण्डाै - राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । त्रिपुरेश्वरमा रहेको राखेपको कभर्डहलमा आज महिलातर्फको फाइनलमा न्यू डाइमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने छन् । अहिले पुरुषतर्फको फाइनल खेल अन्तर्गत एपीएफ क्लब र हेल्प नेपाल खेलिरहेका छन् । यस्तै महिलातर्फकाे फाइनल खेल दिउँसाे साढे २ बजे हुनेछ ।  च्याम्पियनसिपको महिला र पुरुष विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै उपविजेताले १ लाख ५० हजार, तेस्रोले ७६ हजार र चौथाेले ३७ हजार ५ ...