काठमाण्डाै - वर्षाका कारण अबको तीन दिनसम्म देशका प्रमुख तथा सहायक नदीमा बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
महाशाखाका अनुसार प्रदेश-१ को इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर तथा वाग्मती प्रदेशको सिन्धुपाल्चोक, गण्डकी प्रदेशको तनहुँ, स्याङ्जा र पर्वतका नदी, खोलामा बाढीको अनुमान गरिएको छ ।
यस्तै, लुम्बिनी प्रदेशको पाल्पा, कर्णाली प्रदेशको जाजरकोट, दैलेख, सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र आसपास भइ बहने केही साना नदीमा बाढी आउन सक्ने भएकाले...