चीनको सीमा क्षेत्रमा ठूलो वर्षा : तामाकोशी र सुनकोशी नदीमा बाढीको जोखिम

काठमाण्डाै - नेपाल–चीन सीमा क्षेत्रमा ठूलो पानी परेकाले तामाकोशी र सुनकोशी नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय दोलखाले अनुरोध गरेको छ । कार्यालयले सूचना निकालेर चिनियाँ क्षेत्रमा पहिरो आउँदा नदीको प्रवाह रोकिन गएकोले सुनकोशी र तामाकोशी नदीमा बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको हो । दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले यतिबेला नदीमा पानीको बहाव त्यति ठूलो नभए पनि बाढी आउने जोखिम रहेको उज्यालोलाई बताउनुभयो । चिनियाँ अधिकारीले सीमा क्षेत्रमा पान...

सम्बन्धित सामग्री

वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश-१ का केही ठाउँमा ठूलो वर्षा

काठमाण्डाै - वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश-१ का केही ठाउँमा ठूलो पानी परेको छ । यी प्रदेशका धेरै ठाउँमा हिजोदेखि नै पानी परिरहेको छ । काठमाण्डौ उपत्यकाका केही ठाउँमा पनि राति ठूलो पानी परेको थियो भने केही ठाउँमा हल्का मात्रै पानी परेको मौसमविद्ले बताएका छन् ।  लगातार पानी परेसँगै विभिन्न नदी, खोलाहरुमा बाढी आएको छ । नारायणी र यसका सहायक नदीहरुमा रातिदेखि नै पानीको बहाव बढ्दै गएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै बुढीगण्डकी, त्रिशूली, वाग्मती, मर्स्याङ्दी, कालीगण्डकी, सुनकोशी, तामाकोशी, भोटेक...

यी नदीहरुमा आज बाढीको सम्भावना

काठमाण्डाै - मनसुन फेरि सक्रिय भएसँगै देशका केही ठाउँमा ठूलो पानी पर्न थालेको छ । अबको दुई/तीन दिन नै ठूलो वर्षा हुन सक्ने अनुमान गरिएको छ । योसँगै विभिन्न नदी तथा खोलामा बाढी आउन सक्ने चेतावनी दिइएको छ। आज कोशीका सहायक नदी सुनकोशी, भोटेकोशी, तामाकोशी, दुधकोशी, अरुण, तमोरलगायत नदीमा पानीको बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, नारायणी र यसका सहायक नदी त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी तथा कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती र तिनाउ लगायतका नदीमा बाढीको जोखिम छ ।