संघीय संसदमा ६३ विधेयक विचाराधीन, चौध नयाँ दर्ता

संघीय संसद्को चालु अधिवेशनसम्म आम चासोका रुपमा रहेका दुवै सदनमा गरी कूल ६३ विधेयक विचाराधीन अवस्थामा रहेका छन् । तीमध्ये संघीय संसद्को तेस्रो अधिवेशनदेखिकै विधेयकहरु पनि अड्किएर रहेका हुन् ।प्रतिनिधिसभामा ४७ र राष्ट्रियसभामा १६ विधेयक विचाराधीन रहेका छन् । यस अधिवेशनमा दुवै सदनबाट विनियोजन विधेयक, २०७९ सहित बजेटसँग सम्बन्धित र अन्य गरी छ वटा विधेयक पारित र तीमध्ये राष्ट्रपति विद्यादेवी भण्डारीबाट दुई विधेयक प्रमाणीकरण भएको छ भने लोकसेवा आयोग विधेयक, २०७५ प्रमाणीकरणको प्रक्रियामा रहेको छ । स

सम्बन्धित सामग्री

प्रधानमन्त्रीले फिर्ता नहुने बताएपछि संघीय निजामति विधेयक दर्ता (पूर्ण पाठसहित)

काठमाडौँ – लामो रस्साकस्सीपछि सरकारले संघीय निजामित सेवा विधेयक २०८० प्रतिनिधिसभा सचिवालयमा दर्ता गरेको छ। सरकारका तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले सोमबार विधेयक दर्ता गरेकी हुन्। निजामति सेवाको छाता ऐनका रुपमा रहेको विधेयक प्रतिनिधिसभाको अघिल्लो कार्यकालमै दर्ता भए पनि समितिमा छलफलमै रहेको अवस्थामा सरकारले फिर्ता लगेको थियो। तत्कालीन राज्य व्यवस्था तथा […]

संघीय निजामती सेवा विधेयक सम्भवतः भोलि संसदमा दर्ता हुन्छ : प्रचण्ड

१९ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा दर्ता हुने सम्भावना रहेको बताएका छन् । शनिबार लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले संघीयता कार्यान्वयनका लागि आवश्यक ऐन कानुनलाई आफूले उच्च प्राथमिकतामा राखेको बताए । ‘संघीयता कार्यान्वयनसँग सम्बन्धित संघीय कानुन निर्माणमा सरकार सक्रिय रुपमा लागेको छ । संघीय निजामती सेवा विधेयक […]

राजनीतिक दलसम्बन्धी विधेयक संसदमा दर्ता

काठमाडौँ : सरकारले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा दर्ता गराएको छ। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको नामबाट बिहीवार संघीय संसदको प्रतिनिधिसभामा दर्ता गरिएको विधेयकमा अध्यादेश खारेज भइसकेकाले ऐनमा भएको साविककै व्यवस्था कायम राखी विधेयक दर्ता गरिएको छ। नेपालको संविधानको भाग २९ मा राजनीतिक दलसम्बन्धी व्यवस्था बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ ले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को केही व्यवस्थाहरुमा संशोधन गरेको थ

संघीय निजामती विधेयक रातारात सच्याइँदै

काठमाडौं । सरकारले बहुप्रतिक्षित संघीय निजामती सेवा विधेयकलाई संघीय संसद्मा पठाउने निर्णय गरे पनि केही विषय नमिलेको भन्दै फेरि सच्याइरहेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हतार हतारमा सो विधेयक संघीय संसद्मा पठाउने निर्णय गरेको थियो । तर, विधेयक संसद्मा पठाउने निर्णय भएको चार दिनसम्म पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सो विधेयक संसद्मा दर्ता […]

संघीय निजामती ऐन एकसाताभित्रै सदनमा दर्ता हुन्छ : उपप्रधानमन्त्री खड्का

३१ साउन, काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय निजामती ऐन एकसाताभित्रै सदनमा दर्ता हुने जानकारी दिएका छन् । नेपाल निजामती कर्मचारी युनियन केन्द्रिय कार्यसमितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा उनले निजामती विधेयक चालु अधिवेशनमै सदनमा दर्ता भई छलफल अघि बढ्ने बताए । ‘विधेयक छिट्टै सदनमा दर्ता हुन्छ, पहिलेको तुलनामा धेरै उन्नत, समृद्ध र वैज्ञानिक बनाउन […]

संघीय निजामती विधेयक मन्त्रिपरिषदमा दर्ता

काठमाडौं । बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दर्ता भएको छ । लामो समयको छलफलपछि सो विधेयक मन्त्रिपरिषद्मा दर्ता भएको हो । सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकले सो विधेयकलाई स्वीकृत गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले बताए । सो विधेयक मन्त्रिपरिषद्ले स्वीकृत गरी परामर्शका लागि लोकसेवा आयोग पठाइने बताइएको छ । […]

प्रतिनिधि सभा विजनेशविहीन, तीन महिनामा दुई विधेयक दर्ता

काठमाडौं । गत मंसिर ४ गते सम्पन्न निर्वाचनपछि गठन भएको संघीय संसद प्रतिनिधिसभा विजनेशविहीन बन्न पुगेको छ । नवनिर्वाचित सांसदहरु प्रतिनिधिसभामा प्रवेश गरेको तीन महिना भएपनि यो अवधिमा जम्मा दुई विधेयक मात्र दर्ता भएका छन् । हालसम्म प्रतिनिधिसभाको १४ वटा बैठक बसेका छन् । यी बैठकमा हालसम्म सरकारले दुईवटा विधेयक दर्ता गरेको छ भने तीन […]

संघीय शिक्षा ऐन विधेयक राष्ट्रियसभामा दर्ता गर्दैछौं : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संघीय शिक्षा ऐन विधेयकलाई अन्तिम रुप दिई राष्ट्रिय सभामा दर्ता गर्न लागिएको जानकारी दिएका छन् ।  ‘विधेयकको प्रक्रिया अघि बढिहालोस् भनेर पहिला दर्ता गरिहाल्ने तयारीमा छौं,’ शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालको १३ औं साधारणसभालाई बिहीबार राजधानीमा सम्बोधन गर्ने क्रममा मन्त्री पौडेलले भने, ‘संघीय शिक्षा ऐनको विधेयक अर्थ र कानून मन्त्रालयबाट अनुमोदन भइसकेको छ । अब विधेयक दर्ता गर्ने अन्तिम चरणमा पुगेको छ ।’&l

१४ महिनापछि संघीय संसदमा नयाँ विधेयक

१ असोज, काठमाडौँ । १४ महिनापछि संघीय संसदमा नयाँ विधेयक आएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्न बनेको विधेयक’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ राष्ट्रियसभामा दर्ताका लागि पठाइएको हो । बिहीबार दुई वटा विधेयक आएको र दर्ता प्रक्रियामा रहेको राष्ट्रियसभाको […]