चिकित्सा पेसामा स्थापित व्यक्तित्व हुन् प्राडा अर्जुनदेव भट्ट । कैयौँलाई मृत्युको मुखबाट फर्काउन सफल उनी प्रसिद्ध युरोलोजिस्टका रूपमा परिचित छन् ।पाल्पामा जन्मिई एमडी, पीएचडी (सर्जरी), डीएससी (युरोलोजी), एफआईसीएस र मिर्गौला प्रत्यारोपण फेलोसिप अध्ययन पुरा गरेका भट्टको सानो छँदा भने इलेक्ट्रिकल इन्जिनियर बन्ने इच्छा थियो । उमेर र अध्ययन बढ्दै जाँदा उनको उद्देश्य फेरियो र चिकित्सा पेसा रोज्न पुगे । चिकित्सा पेसामा पनि उनी त्यस्ता डाक्टर हुन् जसले आफ्नो अपरेसन आफैँ गरेर धेरैलाई चकित तुल्