काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको मतपत्रको चिह्नहरूमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाएका छन्। अखिल नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष ओलीले कमजोर आँखा हुनेले रुखैरुख देखोस् भनेर हरियो रङको चिह्न राख्न खोजेको हो भने त्यो स्वीकार्य नहुने बताए।उनले निर्वाचन आयोगले मतपत्रका चिह्नहरूमा हरियो रङ प्रयोग गर्नुको कारण बताउनुपर्ने भन्दै यदी यो कुरा सत्य भए निर्वा