अमेरिका र बेलायतले आफ्ना नागरिकलाई जतिसक्दो छिटो लेबनान छोड्न आग्रह गरेका छन् ।
ट्राभल एडभाइजरी जारी गर्दै अमेरिका र बेलायतले लेबनानको राजधानी बेरुतमा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट निस्कन भनेका हुन् । साथै अमेरिकाले असुरक्षा बढेको भन्दै विश्वभर रहेका आफ्ना नागरिकका लागि सुरक्षा सतर्कता जारी गरेको छ ।
प्यालेस्टाइनी विद्रोही समूह हमास र इजरायलबीच भइरहेको युद्ध तथा हिजबुल्लाहसँग पनि तनाव बढिरहेकाले अमेरिका र बेलायतले लेबनान छोड्न आफ्ना नागरिकलाई भनेका बीबीसीले जनाएको छ । यी दुई देशले आफ्ना नागरिकलाई ल...