काठमाडौं – निमोनिया भनेको फोक्सोमा हुने संकमण हो। निमोनिया भएमा खोकी लाग्ने, छिटोछिटो श्वास फेर्ने, ज्वरो आउने, कोखा हान्ने हुन्छ। कडा निमोनियाले मानिसको मृत्युसमेत हुनसक्छ। विश्वमा प्रत्येक वर्ष झण्डै एक करोड बालबलिकाको मृत्य निमोनिया, झाडापखला, दादुरा, मलेरिया, एचआईभी एड्स तथा कुपोषण जस्ता रोगबाट हुने गर्दछ। एक तथ्याङ्क अनुसार संसारभर करिब १६ लाख बालबालिकाको निमोनियाबाट मात्र […]
मुटुरोगको रोकथाम तथा नियन्त्रण गर्न सकिने भए पनि यो विश्वव्यापी रूपमा मृत्युको प्रमुख कारण बनिरहेको छ । हरेक देशको स्वास्थ्य सेवाका सुविधाहरू, जनताको जीवनशैली र देशको आर्थिक स्तर फरक–फरक हुने हुँदा मृत्युको कारक पनि फरक–फरक हुने गर्छ । संसारभरि नै मुटुरोग सबैभन्दा ठूलो ज्यानमारा रोग भएको छ । मुटुरोग पछि मस्तिष्कघात, श्वास–प्रश्वासको सङ्क्रमण, झाडापखाला, एचआईभी एड्स, सवारी साधन दुर्घटना र समय अगावै जन्मिनु अन्य मृत्युका कारणहरू हुन् । संसारका ६.४ विलियन जनसङ्ख्यामध्ये हरेक वर्ष करिब ५६ मिलियन जनसङ्ख्या मरिरहेको हुन्छ । हृदयाघात एक जटिल किसिमको आकस्मिक अवस्था हो, जसमा मुटुका रक्तनली अर्थात् धमनीहरू र मुटुमै सामान्यतः रगत जम्ने कारण रक्त सञ्चार बन्द भई सिर्जना हुने गर्छ । मुटुमा आवश्यक रगतको आपूर्ति बन्द हुँदा मुटुका रक्त कोषिकाहरूको