काठमाडौँ। काठमाडौँको विष्णुमती, धोबीखोला जलाधारमा भारी वर्षा भएको भन्दै सरकारले सतर्क रहन विष्णुमती, धोबीखोला बस्तीमा आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागको बाढी पुर्वानुमान महाशाखाले सोमबार दिउँसो सूचना जारी गर्दै धोवी खोला र विष्णुमतीको पानी बस्ती र सडकसम्मा आउन सक्ने भएकाले साँझ तटीय क्षेत्रमा उच्चा सतर्कता अपनाउन आग्रह गरेको हो।